‘मायाकाे राज’
- देवराज पाैडेल
- ५ माघ शनिबार, २०८१ | ०९:५८:०० मा प्रकाशित
लघुकथा:
आमा मरेपछि म टुहुराे भएँ। बाले कान्छीआमा ल्याउनुभयाे। साैतेनी आमाले मलाई माया नै गरिन। एक वर्ष पछि उनले जुम्ल्या भाइ पाइन्। अब त भाईहरूलाई बढीमाया गर्लिन भन्ने मेराे छाेटाे साेचाई, उनले तुहाई दिइन। उनले भाईहरू भन्दा मलाई नै बढी माया गरेकाे म अनुभूति गर्थेँ ।
बा मलाई पिटेर स्कुल लखटनु हुन्थ्याे। “सानै छ । भाेली पर्सि गैहाल्छ नि नकुट्नुस्” भनेर घरमै वस्न आड बराेस दिन्थिन कान्छीआमा। म खुशि भएर भाईहरूसँग खेल्दै घरमै वस्थेँ।
भाईहरू स्कुल जाने भए तर म घरमै बस्न रूचाउँथेँ। भाईहरू स्कुल गएकाे समयमा कान्छी आमा मलाई मिठाे मिठाे खानेकुराहरू दिन्थिन र म बाख्रा चराउन जान्थेँ।
भाईहरूले पढे। मैले पढन सकिन। भाईहरू ठुला भएर उच्च शिक्षा पढन विदेशिए। उनीहरू जाेडा बाँधि उतै घरजम गरि वसे । कान्छीआमाले मेराे पनि यता जाेडा बाँधिदिइन। मेराे पुरपुराे श्रीमती लठेब्ब्री परिछ।
हामी दुई दम्पति, गाई भैंसी पालेर बा, आमालाई दूध भात खुवाउँथ्याैँ। आफ्नै बारीकाे ताजा खाद्यान्न, तरकारी र फलफुल खुवाउँथ्याै। बुढाबुढी हृष्टपुष्ट रातापिरा छन्।
आज छिमेकी आमै कान्छी आमासँग हँ हँ गर्दै गनथन गर्दै थिइन- “के गर्नु छाेरा बुहारी विदेश मै बस्ने भए यहाँ हाम्लाई देखभाल गर्ने काेहि भएनन्। तिम्रा त छाेरा बुहारी घरमै भएर ढुक्क छ।”
कान्छीआमाले आमैलाई गफ दिइनन्। “सबै छाेरालाई पढाएर के पायाै ? विदेशी भैहाले। यी हाम्रा जस्ताे एउटा छाेराे त अनपढ नै चाहिन्छ। एउटी बुहारी लठेब्ब्री नै चाहिन्छ । बाठा टाठा र पढेका त विदेश कुदि हाल्छन नि। देखिनाै मैले एउटालाई माया गरिगरि नपढाई राखेकाे, ऐले बुढेशकालमा सेवा पाइएकाे छ।”
आज बल्ल खुल्याे मलाई नपढाई माया गर्नुकाे राज।
लालवन्दी:४, सर्लाही।
प्रतिकृया दिनुहोस