विश्व

जेजु एयरको विमान दुर्घटनामा सवार १८१ मध्ये दुई जना मात्र बाँच्न सफल

  • १४ पौष आइतबार, २०८१ | १९:००:०० मा प्रकाशित

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा सवार १८१ मध्ये दुई जना मात्र बाँच्न सफल भएका छन् । सबै यात्रु र चालक दलका चार सदस्यसहित १७९ जनाको ज्यान गएको पुष्टि भएको हो ।

उद्धार गरिएका दुई जना चालक दलको सदस्य भएको बताइएको छ ।

अहिले ७ दिनका लागि मुलुकमा शोक अवधि घोषणा गरिएको छ । सरकारी कार्यालयमा झण्डा झुकाइने छ भने कर्मचारलिे कालो रिबन लगाउने छन् ।

यो कोरियाको इतिहासको तेस्रो ठूलो दुर्घटना भएको योनहाप न्युज एजेन्सीले जनाएको छ । एजेन्सी

तपाईँको मत