बौद्ध धर्म नेपाल र चीनबीचका सम्बन्धमा चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर शुक्रबार, २०८१ | ११:३८:०० मा प्रकाशित

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई आज सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए ।
नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताएका छन् ।
“नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिङ्गन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ”, प्रधानमन्त्री ओलीले भने, “नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
एसियाको ज्योति मानिने गौतम बुद्धको पवित्र जन्मस्थान नेपालमा हुनु र उहाँका पाइलाहरूले धन्य बनेको यो भूमिले नेपाल र चीनको बौद्ध सम्पदाबीचको पुलको प्रतीक काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले चिनियाँ भिक्षुहरू फा जियान र जुआन जाङको नेपालको यात्राबाट नेपाली विद्वान बुद्धभाड्रको चीन भ्रमणसम्म, हाम्रो साझा इतिहास ज्ञान र सिकाइको आदानप्रदानले भरिएको उल्लेख गरे ।
चीनमा नेपाली शैलीका बौद्ध मन्दिरहरूका वास्तुशिल्प चमत्कारहरू र लुम्बिनीमा झोङ हुआ चिनियाँ बौद्ध मठको भव्यताले यो दिगो सम्बन्धका लागि शाश्वत स्मारकहरूको रूपमा खडा रहेको पनि उनले बताए । नेपालमा बौद्ध अध्ययनका लागि समर्पित ज्ञानको एक प्रकाशस्तम्भ, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमीबीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकाङ्क्षाको भावनालाई उदाहरण दिएको प्रधानमन्त्री ओलीले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस