अमेरिकामा ४७ औं राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु, एलोन मस्कले के भने ?
- गाउँ सहर संवाददाता
- २० कार्तिक मंगलबार, २०८१ | २०:०१:०० मा प्रकाशित

काठमाडाैँ । अमेरिकामा ४७ औं राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट भारतीय मूलकी कमला ह्यारिस प्रतिस्पर्धामा छन् । कमला ह्यारिस हाल अमेरिकाको उपराष्ट्रपति हुन भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति भइसकेका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार भोटिङका क्रममा ३ ठूला राज्य–पेन्सिलभेनिया, विस्कन्सिन र मिशिगनमा पानी परिरहेको छ ।
चुनावमा ट्रम्पलाई समर्थन गर्दै आएका एलोन मस्कले ट्रम्प चुनाव हारे भने यो अमेरिकाको अन्तिम चुनाव हुने बताएका छन् । मस्कले ट्रम्पलाई निर्वाचित नगरे देशमा प्रजातान्त्रिक प्रणाली समाप्त हुने र एउटा मात्र डेमोक्रेटिक पार्टी बाँकी रहने बताए ।
उही समयमा ट्रम्पले चुनाव अघि मिशिगनमा आफ्नो अन्तिम र्यालीलाई सम्बोधन गरे । उनले भने, ‘मेरो प्रतिस्पर्धा कमला ह्यारिससँग होइन, डेमोक्रेटिक पार्टीको ‘शैतानी प्रणाली’ सँग छ । ट्रम्पले आफ्ना मतदाताहरूलाई घरबाट बाहिर निस्किएर मतदान गर्न आग्रह गरेका छन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस