समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आजदेखि एफपीओ खुला, छिटाेमा कार्तिक २० सम्म रहने
- गाउँ सहर संवाददाता
- १२ कार्तिक सोमबार, २०८१ | १४:२०:०० मा प्रकाशित

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एफपीओ विक्री गर्न गत असोज २९ गते अनुमति दिएको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गर्न लागेको हो । कम्पनीका अनुसार संस्थापक तर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ विक्री गर्न लागिएको हो ।
यो एफपीओ छिटो अवधि कार्तिक २० गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक २६ गतेसम्मको मिति तय गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस