एमाले नेता डा. भीम रावलद्वारा पार्टीभित्र तानाशाही शैलीको प्रतिवाद गर्न आह्वान
- गाउँ सहर संवाददाता
- १२ कार्तिक सोमबार, २०८१ | १३:११:०० मा प्रकाशित

काठमाडाैँ । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न आह्वान गरेका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने कार्य भइरहेको भन्दै पूर्व उपाध्यक्ष समेत रहेका रावलले आपत्ति जनाएका हुन् ।
‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ’ उनले भनेका छन् ।
पछिल्लो समयमा पार्टीमा जिम्मेवारी विहीन बनाइएका नेता रावललाई पनि व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिएको विषयमा आलोचना गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
प्राप्त प्रतिक्रिया
Purba home minister KO kina bijok vayo
प्रतिकृया दिनुहोस