लघुकथा : समाजवाद
- कृष्ण बोहरा
- ११ कार्तिक आइतबार, २०८१ | ०९:२६:०० मा प्रकाशित

उ जुरुक्कै उठेर भन्न थाल्यो "मलाई बाँच्न मन थियो। पुलिसको एकै गोलीले म भकलक्कै सडकमा ढलेँ। मलाई पनि यो गणतंत्र आफैँले अनुभव गर्न मन थियो। "सुखानीबाट अर्का व्यक्ति उठेर उत्साहापूर्वक भने, "भाइको र मेरो कुरा मिल्यो। मलाई पनि जनवाद र समाजवाद हेर्न मन थियो। खोइ देशको संविधानमा त समाजवाद भन्ने शब्द लेखिएको छ रे भन्ने सुन्छु?
सडकमा उभिनेले सोधे, "तपाईं को हुनुहुन्छ दाई? " उनले उत्तर दिए, " नेत्र भनेको मै हुँ।"
यसैबिच अर्का दिवंगत नेताले टाउको ठाडो गरेर भने, "सामन्तवाद र नोकरशाही पूँजिवाद रहिरह्यो भने राजा नरहेपनि हाम्रो स्थितिमा कुनै परिवर्तन हुँदैन। मैले त भनेकै थिए नी!
यस्तै कुरा चल्दाचल्दै,
अर्का जिउँदा नेता आफ्नो पदमा आसन ग्रहण गर्नु अघि सहिद गेटमा फूल चडाएपछि भाषण गर्दै उद्घोष गरे, अब देशमा कायापलट हुन्छ। समाजवाद छिट्टै आउँछ, आउँछ। किनभने मैले पदभार ग्रहण गरिसकेको छु।
प्रतिकृया दिनुहोस