पूर्वाधार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाफल सार्वजनिक
- गाउँ सहर संवाददाता
- ४ कार्तिक आइतबार, २०८१ | १४:२७:०० मा प्रकाशित

काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।
ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ ।
परीक्षा दिएकामध्ये २ जना विद्यार्थीको परीक्षा रद्ध गरिएको र ३ जनाको परीक्षा फल स्थगित गरिएको बोर्डको भनाइ छ ।
परीक्षाको नतिजा प्राप्त गर्न राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न बोर्डले सुझाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस