सेयर बजारमा राताम्मे, सबै समूहको उपसूचक घटे
- गाउँ सहर संवाददाता
- १३ असोज आइतबार, २०८१ | १६:०८:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले घटेर ४४४.८९ विन्दुमा पुगेको हो।
यसदिन ३२७ स्क्रिप्सको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।
यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.५५ प्रतिशतले बढ्यो। अपर स्यांगी हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
यसदिन मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका ४६ स्टक्सको मूल्य बढ्दा १९३ वटाको घट्यो। यसदिन ५ समूहको मूल्य भने स्थिर रह्यो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस