साहारा सहकारी ठगी प्रकरणमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
- गाउँ सहर संवाददाता
- ९ असोज बुधबार, २०८१ | १६:४२:०० मा प्रकाशित

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जीबीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
यसअघि, जीबीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा ठगी गरेको मुद्दा दर्ता भइसकेको छ ।
उनीसहित १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।
प्रतिवादी बनाइएकाहरूमा सहकारीका संस्थापक अध्यक्ष जीबीसहित सागर केसी, थानबहादुर बुढामगर, कुमार रम्तेल, भुपेन्द्र राई, हेमन्त राई, आशिष आनन्द छन् । त्यस्तै, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, वीरबहादुर रानाभाट, शरण विश्वकर्मालाई प्रतिवादी बनाइएको छ ।
साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको खुलेको छ । प्रतिवादीहरूमध्ये सागर केसी र कुमार रम्तेल थुनामै छन् । जीबी राई अझै परार छन् ।
उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत 'रेड नोटिस'समेत जारी भइसकेको छ । उनी मलेसियामा रहेको खुले पनि त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेर नेपाल फर्काउन इन्कार गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस