गाउँ सहर
तीजको उपलक्ष्यमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना
- गाउँ सहर संवाददाता
- २० भदौ बिहीबार, २०८१ | १३:४९:०० मा प्रकाशित
काठमाडाैं । कुमारी बैंक लिमिटेडले महिला खातावालालाई लक्षित गरी तीजको उपलक्ष्यमा क्यास ब्याक योजना ल्याएको छ।
नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका खातामा यस्तो योजना ल्याएको हो।
बैंकका अनुसार विदेशबाट रेमिट्यान्स पाउने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रुपैयाँको क्यास ब्याक दिइनेछ।
योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने बैंकको विश्वास छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस