शेयरबजारमा लुकामारी : नेप्सेमा ९० अंककाे गिरावट, झण्डै १३ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- १९ भदौ बुधबार, २०८१ | १५:१४:०० मा प्रकाशित

काठमाडाैं । शेयरबजारमा केही दिनदेखि उतारचढाव अर्थात लुकामारी चलिरहेकाे छ । एकदिन ह्वात्तै बढ्छ भने एक दिन ह्वात्तै ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि दुई दिन पनि टिकेन । गत साता २२४ दशमलव ८९ अंकले घटेको बजार साताको पहिलो कारोबार दिन आइतबार पनि ५३ दशमलव ६३ अंकले घटेको थियो ।
त्यसपछिका दुई दिन भने नेप्से उकालो लागेको थियो । सोमबार २७.३२ अंक र मंगलबार ६.९० अंकको वृद्धि भएको नेप्से परिसूचकमा बुधबार पहिरो खसेको छ ।
आज ९०.७३ अंकले घटेर नेप्से परिसूचक २७३९.४६ अंकमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । मंगलबार १३ अर्ब ५७ करोडको कारोबार भएकोमा यस दिन १२ अर्ब ९२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
नेप्से ओरालो लागे पनि आज चार कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज एक्सेल विकास बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस