गाउँ सहर
सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च
- गाउँ सहर संवाददाता
- १३ भदौ बिहीबार, २०८१ | ११:२१:०० मा प्रकाशित

काठमाडाैं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड बनाएको थियो । आज फेरि सुनको भाउले अर्को रेकर्ड बनाएको हो ।
त्यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजोे तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस