खेल
काभा महिला भलिबल फाइनल : उपाधिका लागि नेपाल र भारत भिड्दै
- गाउँ सहर संवाददाता
- २३ श्रावण बुधबार, २०८१ | ०७:४८:०० मा प्रकाशित

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।
आज साँझ ५ बजे हुने फाइनलमा भारतविरुद्ध जित निकाल्न सके नेपालले उपाधि रक्षा त गर्छ नै ५ वर्षअघिको हारको बदला पनि लिनेछ ।
मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस