महिला भलिबलमा नेपाल इरानसँग पराजित
- गाउँ सहर संवाददाता
- २० श्रावण आइतबार, २०८१ | २०:५८:०० मा प्रकाशित

काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार व्यहोरेको छ । इरानले नेपाललाई ३-२ को नतिजामा हराउँदै महत्वपूर्ण जित हात पारेको हो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले सात अंक बनाएको छ ।
नेपालले इरानविरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर प्रस्तुत भयो। नेपाललले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई एक–एकको बराबरीमा पुर्यायो ।
स्रो सेटको सुरूवातमा नेपालले ७–२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा दुई एकको अग्रता बनायो ।
चौँथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो । ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो । सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो । खेलको निर्णय पाँचौ सेटबाट भयो ।
पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । इरानले पाँचौ सेट १५–१३ ले जित्दै नेपाललाई हराउन सफल भयो । इरानले सात खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । प्रतियोगितामा भारतले ७ अंक जोडेको छ भने श्रीलंकाले ४ अंक बटुेको छ । प्रतियोगितामा माल्दिभ्स अंकविहीन छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस