आगामी आर्थिक वर्षका लागि भारतले नेपाललाई दिने अनुदान बढायाे
- गाउँ सहर संवाददाता
- ८ श्रावण मंगलबार, २०८१ | १४:१८:०० मा प्रकाशित

काठमाडौं । भारतले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०२४/०२५ काे बजेटबाट नेपालका लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।
भारत सरकारले मंगलबार ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४ लाख ५४ हजार ७ सय ७३ करोड भारु छुट्याएको छ । त्यसपछि ग्रामीण विकासमा २ लाख ६५ हजार ८ सय ८ करोड र कृषितर्फ १ लाख ५१ हजार ८ सय ५१ करोड भारु छुट्याएको छ । त्यस्तै गृह मन्त्रालयलाई १ लाख ५० हजार ९ सय ८३ करोड र शिक्षातर्फ १ लाख २५ हजार ६ सय ३८ करोड भारु छुट्याइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस