एआईएका एसईई उत्कृष्टले पाए ४० हजार नगद पुरस्कार
- गाउँ सहर संवाददाता
- ७ श्रावण सोमबार, २०८१ | १३:५२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको शंखमूलस्थित अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कुल ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयभरिबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने छात्रा पल्पसा पाण्डे तथा छात्र रिजन घिमिरेलाई साउन ४ गते शुक्रवार आयोजित एक विशेष कार्यक्रमबीच जनही २० हजार नगदराशिको पुरस्कार र प्रशंसापत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही तथा विशेष अतिथि काठमाडौं महानगरपालिका वडा ३१ का वडाध्यक्ष सरोज ढकाल थिए ।
हरेक वर्ष प्रदान गरिने २० हजार राशिको ‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ रकममा विद्यालयका तर्फबाट समेत उत्तिकै रकम थप गरी हरेक वर्ष प्रदान गरिने २० हजार राशिको थप ‘एआईए प्रोत्साहन पुरस्कार’ गरी दुई उत्कृष्ट विद्यार्थीलाई कुल ४० हजार राशिको पुरस्कार दामासाही हिसाबले प्रदान गरिएको कुरा विद्यालयका प्राचार्य विमल घिमिरेले बताए ।
‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ विगत ६ वर्षदेखि नियमितरूपमा प्रदान गरिँदै आएको कुरा पुरस्कारका संस्थापक तथा विद्यालयका संस्थापक निर्देशक चेतनाथ कणेलले बताए ।
विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा यो वर्ष एसईईमा उत्तीर्ण ७० जना छात्रछात्राहरू, उनीहरूका अभिभावकहरू, आमन्त्रित अतिथिहरू, सम्पूर्ण शिक्षकशिक्षिका तथा कर्मचारीहरू र हाल कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरू गरी करिब ४५० जनाको उपस्थिति थियो ।
कक्षा १० का विद्यार्थीहरूबाट विशेष सांगीतिक कार्यक्रमसमेत प्रस्तुत भएको सो कार्यक्रममा सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मानपत्र तथा ‘मायाको चिनो’सहित सम्मान तथा विदाइ गरिएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथि, विशेष अतिथि, विद्यालयका प्राचार्य विमल घिमिरे, प्रबन्धक विष्णुप्रसाद अर्यालले बधाई मन्तव्य प्रकट गरेका थिए ।
कार्यक्रम व्यवस्थापनमा संस्थापक निर्देशक तथा वरिष्ठ शिक्षकहरू कृष्णप्रसाद गैरे, शैलेन्द्रकुमार झा तथा अन्य शिक्षक एवम् कर्मचारीहरू सक्रिय थिए । कार्यक्रमलाई थप रौनकता प्रदान गर्न एसईई उत्तीर्ण डिपलभ अधिकारी तथा विमल गिरीले आआफ्ना कविता प्रस्तुत गरेका थिए भने छात्रा यश्बी गैरेले आकर्षक बालनृत्य प्रस्तुत गरेकी थिइन् ।
स्मरणीय छ, सदाझैं यस वर्ष पनि एआईएबाट शतप्रतिशत विद्यार्थी उच्च श्रेणी (सबैजना ए प्लस तथा ए) मा उत्तीर्ण भएका छन् ।
स्व. प्रसिद्ध कँडेल यसै विद्यालयबाट २०६६ सालमा सर्वोत्कृष्ट भएको कुरा उनकी माता तथा पुरस्कार संस्थापिका सीता भण्डारी कँडेलले बताए । उच्च शिक्षा अध्ययनको सिलसिलामा अमेरिकामा रहेको बेला उनको असामयिक निधन भएको थियो ।
यसपटकको एआईएको ‘एसईई सम्मान कार्यक्रम २०८१’ १५औं संस्करणको कार्यक्रम रहेको कुरा विद्यालयका परीक्षा संयोजक कृष्णप्रसाद गैरेले बताए । ‘यसपटक सर्वोत्कृट हुने दुबै विद्यार्थीको जीपीए ३ दशमलव ९ रहेको थियो भने ७० जनाको औसत जीपीए ३ दशमलव ५८ रहेको थियो’, सञ्चालक खगेश्वर गिरीले बताए । कार्यक्रमको अन्त्यमा सदाझैं सहभागी सबैलाई सहभोज (रात्रिभोज) को आयोजनासमेत गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस