प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता
- गाउँ सहर संवाददाता
- २ श्रावण बुधबार, २०८१ | १९:०३:०० मा प्रकाशित
पोखरा । प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच नगदरहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौतासँगै ट्याक्सी व्यवसायीहरुले प्रभु बैंकमा रहेको आफ्नो खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन् ।
विभिन्न बैंक वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच बुधबार सम्झौता भएको हो ।
प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटर नेपाल यातायात प्रालिको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआर मार्फत सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । व्यवसायमा आबद्ध २ सयभन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
नयाँ सम्झदताबाट पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस