लिटल फ्लावरका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- १५ असार शनिबार, २०८१ | २०:५९:०० मा प्रकाशित

कास्की । पोखरा-२७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले शैक्षिक सत्र २०८० मा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ
विद्यालयका प्रिन्सिपल विकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक सदस्य दिपेन्द्र राईले विद्यार्थीको भावी जीवनको उज्वल भविष्यको कामना गरेका थिए ।
प्रिन्सिपल पौडेलले भविष्यमा पनि उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेलले स्वागत मन्तव्य राख्दै कक्षा ११ मा व्यवस्थापनतर्फका विषय रोज्नेहरुलाई लिटल फ्लावरलाई नै पहिलो रोजाइमा पार्न आग्रह समेत गरे ।
कक्षा दशमा अध्यापन गराएका शिक्षकहरुलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा सञ्चालक सदस्य रामप्रसाद अधिकारी र व्यवस्थापनतर्फका शिक्षक मोतिप्रसाद गुरुङले पनि शैक्षिक सत्र २०८० मा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै भावी जीवनको शुभकामना दिएका थिए ।
एसईई परीक्षा उत्तीर्ण विद्यार्थी कुश विश्वकर्माले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले गरेका थिए ।
विद्यालयबाट यस वर्ष ३४ विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस