जुनियर सिटिजन्सले जित्यो लिटल फ्लावर एसईई कप फुटबल
- गाउँ सहर संवाददाता
- ९ असार आइतबार, २०८१ | १८:२६:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको आयोजनामा सम्पन्न एसईई कप सेभेन ए साइड फुटबल प्रतियोगिता जुनियर सिटिजन्स एकेडेमीले जितेको छ ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालयले असार ८ र ९ गते दुई दिवसीय रुपमा प्रतियोगिता सञ्चालन गरेको थियो ।
नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत आइतबारको फाइनल खेलमा डायमण्ड माविलाई १–० को अन्तरले हराएर जेसिएले उपाधी हासिल गरेको हो ।
लेखनाथ क्षेत्रका १९ विद्यालयका एसईई दिएर बसेका विद्यार्थीहरुका समूहले सहभागिता जनाएको प्रतियोगितामा प्रथम भएर जुनियर सिटीजन्स एकेडेमीले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक विचित्र न्यौपानेले जानकारी दिए ।
यसै गरी दोस्रो हुन सफल डायमण्ड माविले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
समापन तथा पुरस्कार वितरण समारोहमा बोल्दै नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खलकुदले व्यत्तित्व विकासमा ठूलो योगदान गर्ने बताए।
प्रिन्सिपल बिकल पौडेल, नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, सदस्य शिवराज पौडेल, विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष मनप्रसाद गुरुङ, राइजिङ्ग स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस