अर्थतन्त्र
१० महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स
- गाउँ सहर संवाददाता
- २८ जेठ सोमबार, २०८१ | २१:१०:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का १० महिनामा ११ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षका १० महिनाको तुलनामा रेमिट्यान्स आय १९.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, १० महिनाको अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति तीन लाख ७४ हजार ८८७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार ८९३ छ ।
गत वर्ष सोही अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति चार लाख २१ हजार २७९ जनाले श्रम स्वीकृति लिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस