कला

लघुकथा: जेष्ठ पन्ध्र !

"आज बिहानै गोरू नार्नु भएको छ । कार्यक्रममा जाने होइन ? श्यामलालजी ।" जोत्न थालेको देखेर निधीले सोध्यो ।

बल्ल तल्ल प्रकृतिले थोरधेर सिंचाइ गरेर मकै छर्ने हिम्मत जुटाइदिएको छ । त्यसैले एउटा पाटो भएपनि हरिया मकै पोलेर केटाकेटीले खालान फलेछ भनी ।

आफुले निमेक नगर्दै त छाक टर्दैन । तरपनि आफुसँग भएको एउटा पाटो भएपनि मकै छर्न थाले ।" श्यामलालले खिसिक्क हाँस्दै भने ।

"आफ्नै पाटो रहिछ क्यारे ! भोली छरेको भएपनि हुनिथियो । आज भब्य कार्यक्रम हुँदैछ । आफ्नै क्षेत्रका नेता फुर्सबहादुरले उद्घाटन गर्ने हुन् । धेरै सांसद, मन्त्रीहरू पनि सरिक हुनेकुरा छ । गाउँलेहरू सबै ग्रिप्प जुटेका छन् ।" निधीले बिवरण बतायो ।

"हजुरले त नेता र मन्त्रीका मात्र आउने कुरा गर्नुभयो । ती काले, लाले, जुठे, सेतेहरू पनि आउछन आज ?" श्यामलालले सोध्यो।

"हजुरले पनि कस्ता कुरा गरेको ती उहिल्यै शहीद भएकाहरू पनि आउँछन् फर्किएर ?" निधीले प्रतिप्रश्न गर्दै भन्यो ।"

ए-ए. भाइले शहीदहरूलाई त भुलेका रहेनछौ । खुसि लाग्यो ।

पहिले-पहिले त सोच्थेँ म नगएपछि त कार्यक्रम नै सफल हुँदैन । तर अचेल कुन्नी किन अल्छि लाग्न थाल्यो। " श्यामलालले मन्टो बटार्दै भन्यो।

"होइन हजुरको त सबैले धेरै प्रसंशा गर्छन् निकै राम्रो योगदान छ ।" निधीले भन्यो ।

"काम गराउन जानेका छन् हामी जस्तालाई एकछिन प्रसंशा गरेपछि भैहाल्छ । छिमेकीले हामीलाई बहादुर भनेर आफ्ना दुश्मनहरूसँग लड्न पठाएको जस्तै हो यो पनि । "श्यामलाल अलि चर्को बोल्यो ।

"होइन श्यामलालजी साँच्चै अचेल हजुरका कुरा आर्कै हुन् थालेका छन् ।" निधी अघिघ बढ्न थाल्यो ।

"किन आत्तिएको निधी भाई कार्यक्रम के हो ? त्यो त भन्दिनु ।"

"हजुरले त गणतन्त्र दिवस पनि भुल्नु भएछ ।" निधीले व्यङ्ग्य कस्यो ।

"खै सम्झिरहने खालको काम नगरेर होला नी दाई - पछि-पछि मकैको बिउ खसाली रहेकी चमेलीले प्याच भनी ।

तपाईँको मत