गाउँ सहर

समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालिलगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ । 

गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ । 

कालाे सूचीमा राखिएकाे अवधिभर कुनैपनि खरीद कारबाहीमा भाग लिन नपाउने व्यवस्था छ । 

दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ । 

कालो सूचिमा रहेका कम्पनीहरूको सूचि : 

गाउँ सहर संवाददाता

तपाईँको मत