सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- गाउँ सहर संवाददाता
- १० बैशाख सोमबार, २०८१ | १७:१८:०० मा प्रकाशित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेकाे छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे हाे ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) को जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।
दुवै मुद्दामा आज एकैसाथ सुनुवाइ गर्ने तय भएको थियो ।
यसअघि, उच्च अदालतले पीडित गौशाला २६ को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ की आमाको समेत जन्मदर्ता झिकाउन आदेश जिल्ला अदालतले गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस