गाउँ सहर

रामेछापमा सुमाे पल्टिँदा तीन जना घाइते

रामेछाप । रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेकाे टाटा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइतेहरूकाे उपचारका लागि काठमाडाैं पठाइएकाे छ । 

घाइते हुनेहरूमा खाँडादेवी गाउँपालिका पिङ्खुरी का २४ वर्षीय छोरा दीपेन्द्र भण्डारी र सोही वडा बस्ने १६ वर्षीया एलिशा भण्डारी र १४ वर्षीया यमुना भण्डारी रहेका छन् ।

घाइते दुवै दिदीबहिनीको हातखुट्टामा सामान्य चोट लागेको छ । उनीहरूको स्थानी मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  

त्यस्तै दुर्घटनामा परेका दीपेन्द्र भण्डारीको छाती र मुखमा चोट लाग्दा मध्यम अवस्था रहेको र बोल्न सक्ने अवस्थामै थप उपचारको लागि उनलाई बि.एण्ड.बि. अस्पताल ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता रञ्जन गिरीले जानकारी दिए । 

पिङ्खुरीबाट काठमाडाैं जाँदै गरेको  ना.१ज.५६२६ नम्बरको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको थियाे । 

दुर्घटनामा परेको सुमो चालक २२ वर्षीय विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी चौकी चोप्राङमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत