पर्यटन

एकै महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

  • १९ चैत सोमबार, २०८० | १३:५५:०० मा प्रकाशित

काठमाडौं । एक महिनामै एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को तेस्रो महिना अर्थात मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।   

पर्यटन बोर्डका अनुसार सन् २०२३ को सोहि अवधिको तुलनामा यस वर्षको जनवरीमा २८ हजारले बढी पर्यटक भित्रिएका हुन् । गत वर्षको मार्च महिनामा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।  

सन् २०२४ को मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार ६९८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना चिनियाँ पर्यटक १२ हजार ९३ जना आएका छन् भने अमेरिकी पर्यटक १० हजार ७६३ र युकेबाट ७ हजार २४१ जना पर्यटक नेपाल आएका छन् ।  

मार्च महिनामा श्रीलंकाबाट ५ हजार ७४१, जर्मनबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ५६७, अष्ट्रेलियाबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० जना र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

एक सय १४ जनाले पाए हिमाल आरोहण अनुमति    

वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक सय भन्दा बढिले अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार ११४ जनाले हिमाल आरोहणको अनुमति पाएका हुन् ।  

जसमा ८२ जना पुरुष र ३२ जना महिला रहेका छन् । उनीहरुको १३ वटा समूह रहेको छ । जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।  

हिमाल आरोहणको अनुमति पाउनमध्ये सबैभन्दा धेरै सगरमाथामा लागि रहेका छन् । यस हिमालमा आरोहण गर्न ४१ जना महिल र ११ जना पुरुषगरि ५२ जनाले अनुमति पाएका हुन् । जसबाट ५ लाख ७२ हजार रोयल्टी प्राप्त भएको छ । 

त्यस्तै, दोस्रो स्थानमा अन्नपूर्ण हिमाल रहेको छ । यस हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । 

अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् भने हिमलुङ हिमालमा ५ जनाले आरोहण अनुमति पाएका छन् । पुथा हिउँचुलीका लागि सात, हिँउचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएका छन् । 

तपाईँको मत