कला

लघुकथा: डिग्री !

"नमस्कार सङ्गिता ! अचेल त विदेशमा रमाउँदै छौ। हामीलाई त किन सम्झिन्थ्यौ तिमीले? -मिनाले फोनमा व्यङ्ग्य शैलीमा भनी।

"के भनेको यार त्यसो तिमीलाई कसरी भुल्न सक्छु । खुब सम्झिरहन्छु मैले त समय नमिलेर मात्र हो ।"-सङ्गिताले भनी।

"अनि के छ अष्ट्रेलियातिरको खबर काम त राम्रै चलेको होला ?"- मिनाले सोधी।

"चलेकै छ अहिलेसम्म त। तिम्रो के छ नी काम लाग्यो कतै ?"-सङ्गिताले बुझ्न खोजी।

"तिमीलाई त थाहा नै छ नेपालमा राम्रो काम मिल्दैन क्यारे एउटा प्राइभेट बैंकमा एकाउन्टेन्ट रूपमा टाइमपास गर्दै छु। आफ्नो त पढाई पनि बल्ल तल्ल व्याचलर गरियो। गतिलो पढाई गर्न सकिएन्।"-मिनाले निराश हुँदै भनी।

तिमीले त अब्बल पढाई गरेकी छौ । डाक्टरी गरेको त्यहाँ त डाक्टरको तलव पनि धेरै नै छ होला ?"-मिनाले सोधी।"

"पढाई पो डाक्टरी हो। नोकरी त डाक्टरी होइन नी। यहाँ त डाक्टरै डाक्टरको भीड छ। नोकरी नपाएकाहरू यतैका छन्। हाम्रो नम्वर त कहाँ आउँथ्यो। हामी जस्ताले त राम्रो काम पायौँ भने डाक्टरहरूको बा-आमाको सुसारेको काम पाउँछौँ। "सङ्गिताले निराश हुँदै भनी।

तपाईँको मत