गाउँ सहर

लामिछाने परिवारबाट पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

  • २ चैत शुक्रबार, २०८० | ०७:५१:०० मा प्रकाशित

लेखनाथ। पोखरा महानगरपालिका वडा नं २७ का लामिछाने परिवारले आफ्नी आमा स्व.पार्वती लामिछानेको स्मृतिमा लेखनाथ पत्रकार मञ्चले सञ्चालन गर्ने गरी २७ हजार ८८ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

स्वर्गीय लामिछानेका चार छोरा बशन्त,चिरञ्जीवी कुल प्रसाद र सुर्यमणि लामिछाने र छोरीहरु लक्ष्मी पौडेल,शान्ति पौडेल र तुलसी पौडेलले आमा पार्वती लामिछानेको निधनकाे सातौ  दिन विहिवार विभिन्न सामाजिक संस्थालाई सहयोगका साथै उनको नाममा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष रकम  प्रदान गरेका हुन् ।

नेकपा एमाले वडा नं २७ का अध्यक्ष समेत रहेका सूर्यमणि लामिछानेले आमाको सम्झनामा समाजमा  देखिने गरी विभिन्न संघ सस्थालाई सहयोग गर्ने प्रेरणा मिलेको  बताएका छन् ।

परिवारद्धारा स्थापित उक्त रकम बराबरको चेक परिवारका तर्फबाट नाति जनार्दन लामिछाने, नातिनी जयन्ती लामिछाने र गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मञ्चका अध्यक्ष कविराज खनाल र संस्थापक अध्यक्ष भीमपाणि बराललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा परिवारका तर्फबाट यस अघि सहिद स्मृति आवासीय मा.वि पोखरा-१४ मा ५१ हजार रुपैयाँको अक्षयकोष राखिएकोमा थप २७ हजार ८८ रुपैयाँ प्रदान गरिएको छ । उक्त रकम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज कुमारी पौडेल र प्रअ कल्पना चिलवाललाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै वि स २०५४ सालको निर्वाचनमा ज्यान गुमाएका पोखरा महानगरपालिका वडा नं २६ का स्व. कृष्ण भुजेलकाे स्मृति प्रतिष्ठानका लागि ५१ हजार ८८ रुपैयाँ सहयोग प्रदान गरिएको छ । उक्त रकम प्रतिष्ठानका अध्यक्ष विष्णु वराललाई हस्तान्त रण गरिएको हो ।

यसैगरी लामिछाने परिवारको तर्फबाट  पोखरा महानगरपालिका वडा नं २७ भित्र रहेका लक्ष्मी आदर्श युवा क्लव,राईजिङ स्टार युथ क्लव,लेखनाथ युवा क्लव,परमार्थ नगर क्लव,लेकसिटी युवा क्लव,जनएकता युवा क्लव,खराने युवा क्लव,सृजनशील युवा क्लव,वगादी युवा क्लव,धर्मशिला युवा क्वललाई दुई/दुई थानका दरले डस्टबिन पनि हस्तान्तरण गरिएको थियो ।

तपाईँको मत