कांग्रेससँगकाे गठबन्धन टुट्याे, माओवादी एमाले, रास्वपालगायत सरकार बनाउन जुट्याे
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण सोमबार, २०८० | ०९:५६:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसँगकाे सत्ता गठबन्धन फुटेको छ ।
एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।
पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने बताएका छन् ।
'आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् हुन्छ' पाण्डेले फेसबुकमा लेखेका छन् 'सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ ।'
गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।
गठबन्धनमा सङ्कट आएको र प्रधानमन्त्रीले नयाँ समीकरण बनाउन खोजेको चर्चाकाबीच बिहानैदेखि दलहरुको दौडधूप बढेको छ । बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । एमाले, माओवादी र रास्वपा आआफ्ना पार्टीभित्रको आन्तरिक छलफलमा जुटेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस