आजबाट राष्ट्रिय सभाका अध्यक्षसहित २० जनाको पदावधि सकिँदै
- गाउँ सहर संवाददाता
- २० फाल्गुण आइतबार, २०८० | ०८:००:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सहित २० जनाको पदावधि आज (आइतबार) देखि सकिँदैछ। उनीहरुको स्थानमा नयाँ सदस्यहरु निर्वाचित भइसकेका छन्। उनीहरुको सपथ सोमबार हुँदैछ।
नयाँ संविधान बमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो।
पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई छन्।
राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ। कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डेको पदावधि सकिएको छ।
माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ। जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन्।
एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिएको छ।
जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिएको छ।
त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ।
राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ। पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनित हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन भएको थियो।
उनीहरुले अवकाश पाउने भएपछि बिहीबारको राष्ट्रिय सभा बैठकमा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदहरूले आफ्नो अनुभव व्यक्त गर्ने मौका दिइएको थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदाइ हुन लागेका सांसदहरूको अनुभव आउँदा दिनमा पनि उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए। उनीहरुले संघीय संसद्को माथिल्लो सदनलाई सरकारले बेवास्था गरेको भन्दै गुनासो गरे।
सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यहरूले ६ वर्षमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभव लगायत समसामयिक विषयमा बोलेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस