काठमाडाैंका यी क्षेत्रमा विद्युत सेवा बन्द हुने
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण बिहीबार, २०८० | ०७:४०:०० मा प्रकाशित
काठमाडौं । आज पनि काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।
विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।
यस्तै, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ ।
२० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्रतिकुल अवस्था नभएको खण्डमा भने यति लामो समय विद्युत सेवा बन्द नहुने प्राधिकरणले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस