गगन थापाकाे प्रस्ताव : यी मान्छेलाई झण्डा छोपेर घर पठाइदिऔँ
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण सोमबार, २०८० | १३:४८:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा लगाएकाहरूलाई गाडीको झण्डा छोपेर घर पठाउने प्रस्ताव राखेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी र सत्तापक्षबीचको दोहोरी चलिरहेको भन्दै यस्तो रोक्नुपर्ने बताए।
गत फागुन ६ गतेयता विपक्षी दलहरूले बहालवाला तीनजना मन्त्रीको राजीनामा माग गर्दै विरोध गरिरहेको छ। सोमबार (आज) को बैठकमा त एमालेले बैठकमा नाराबाजी नै गरेको थियो।
लगत्तै बैठक १५ मिनेटका लागि स्थगित भयो। पुनः सुरु भएको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले यस्तो प्रस्ताव राखेका हुन्।
‘यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्यो। आसनको दायाँ बस्ने होस् वा बायाँ बस्ने होस्,, काखेको होस कि पाखेको होस्। अख्तियारले डामेको, आयोगले पोखेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ,’ उनले भने।
साथै, सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घरमै पठाएर अनुसन्धान गर्नुपर्ने उनको भनाई थियो।
‘अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ। यति भएपछि, निर्दोष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड ब्यहोर्नुहोला,’ सांसद थापाले भने।
अनि त्यसपछि मात्र सार्थक छलफल गर्न सकिने उनको भनाइ छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस