इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण आइतबार, २०८० | १४:१७:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।
इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ’,निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से २०९२ अंकमा
- नेप्से २०९२ अंकमा
- मेयर बालेनकाे खबरदारी : गिरीबन्धु जग्गा सट्टाभर्नामा खर्बाैँ रकमकाे खेलोफड्काे हुनसक्छ
- नेपाल चीन सम्बन्ध विश्व भूराजनीति, बहुध्रुवीय शक्ति सन्तुलन ध्यानमा राखेर व्याख्या र विश्लेषण गर्नु मनासिव हुने
- युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
- कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
प्रतिकृया दिनुहोस