किन पाँच दिन बन्द हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ?
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण बिहीबार, २०८० | १२:४१:०० मा प्रकाशित

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान नै बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्नुपर्ने जनाएको छ ।
आयोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका ४० वटा वायुसेवाका प्रतिनिधिसँगको छलफलमा निर्माणका क्रममा मुलुककै पहिलो अन्तर्राष्ट्रिय हवाई अड्डालाई ४/५ दिन पूर्ण रुपमा वा आंशिक बन्द गर्नुपर्ने सम्भावना रहेकाले त्यसअनुसार आफ्ना उडानहरूलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को जारी प्रावधानअनुसार काठमाडौँ विमानस्थल सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा वायुसेवा कम्पनीहरूलाई छलफलमा राखेर यसबारे जानकारी गराएको हो ।
यसपछि काठमाडौँ विमानस्थलको निर्माण क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्डअनुसार संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) मा नक्सा प्रकाशन गर्नुपर्छ । यसपछि उडान बन्द गर्नुअघि पाइलटहरूका लागि जारी गरिने सूचना नोटाम (नोटीस टु एयरमिन) निकाल्नुपर्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस