यी हुन् याे वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डबाट पुरस्कृत हुनेहरू
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | २०:२७:०० मा प्रकाशित
काठमाडौं । एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाईले आइतबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् । त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले वर्षको उत्कृष्ट पुरुष खेलाडी पुरस्कार जिते ।
गत वर्ष काठमाडौंमा भएको १६ औं एसियाली क्रसकन्ट्री प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दीपकलाई नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष विधाको पुरस्कार प्रदान गरेको हो ।
क्रिकेटरद्वय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै दीपकले उपाधि जितेका हुन् । उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।
एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन् । उनले मनोनयनको शीर्ष ३ मा परेका अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पारिन् ।
पिपुल्स च्वाइसतर्फ टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठले जितिन् ।
२० औं संस्करणको अवार्डमा सिक्काले फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ढगुंन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
फेसबुक लाइकबाट २८, प्रशिक्षकको मतबाट २८, एनएसजेएफ मेम्बरकोतर्फबाट १८, इशेवाबाट ४५ प्रतिशत मत प्राप्त गरेकी थिइन् । समग्रमा उनको प्रतिशत ४४.८० रहेको एनएसजेएफले जनाएको छ । पिपुल्स च्वाइस अवार्ड विजेता सुवालले पल्सर बाइक प्राप्त गरिन् ।
एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।
अवार्डको शीर्ष ३ मा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पार्दै उनले अवार्ड हात पारे ।
उनी १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक हुन् ।
खेल पत्रकार सुदर्शन रञ्जितलाई एनएसजेएफ स्पेसल अवार्ड २०७९ प्रदान गरिएको छ ।
अवार्ड समारोहमा पोखराका पत्रकार रञ्जितलाई सो अवार्ड प्रदान गरिएको हो ।
क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।
देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन उनले टिमको नेतृत्व गरेका थिए ।
पारा एथलिट अफ द इयरको अवार्ड मैयाँ विशुंखेलाई प्रदान गरियो । उनको जन्मिँदै दायाँ हातको आधा भाग थिएन । एथ्लेटिक्सकी अब्बल खेलाडी विशुंखेले २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले सन् २००९ मा जापानको युथ पारा गेम्स, २०१० को चीनको ग्वाङझाउमा भएको एसियाली पारा गेम्स र २०१२ मा लन्डन ओलम्पिक पारा गेम्समा उनले नेपालको प्रतिनिधित्व गरिन् ।
हङकङका चुइ चानले एसियन स्पोर्ट्स जर्नलिस्टको अवार्ड पाए ।
शारीरिक सुगठनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड भारत्तोलनका पहिलो ओलम्पियन राजेन्द्र कुमार प्रधानलाई प्रदान गरियो । साढे ५ दशकको भारोत्तोलनको इतिहासको सम्मान गर्दै उनलाई प्रदान गरिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज र भाेलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- साफ महिला च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै, श्रीलंका र माल्दिभ्स पहिलाे र दाेस्राे खेल नेपाल र भुटानबीच
- मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : काेसी प्रदेशबाट ४४ जनाकाे उद्धार
- पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली
- साफ महिला च्याम्पियनसिप २०२४ मा भारतकाे विजयी सुरुवात
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
- ज्योति विकास बैंकका ग्राहकहरुलाई १ वर्षसम्म पोखरास्थित कुटी रिसोर्टमा २०% सम्मको विशेष छुट
- निर्वाचन आयोगको राजनीतिक दलहरुलाई यस्ताे निर्देशन
- द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट
- ‘किसान सरल कर्जा’ राष्ट्रिय वाणिज्य बैंकद्वारा शुभारम्भ
प्रतिकृया दिनुहोस