कला

मनोज शर्माका केही हाइकु

  • २७ माघ शनिबार, २०८० | ०८:४०:०० मा प्रकाशित

हाइकु

ध्वजापताका

आनन्दमग्न ठिटो 

काखीमा हात ! 

पुसको दिन 

म म को झोल सँग 

सिसाको घाम ! 

पहेंलपुर

बादल मुनि, आहा 

घिरौला फुल ! 

हरियो रुख

नारायणहिटीमा

बकुला झुन्ड ! 

भुर्र पखेरु 

सपना र संघर्ष 

हुरी जीन्दगी !

सल्लाघारीमा 

आरु फुले लहरै 

मन त उतै ! 

साँझको बेला

बेग्लै छ रमझम 

हाट-बजार ! 

फल अनित्य

फुल्ने फल्ने र झर्ने 

रुख नै सत्य !

भदौरे मेघ

हुङ्कार सँगसँगै

मुसलधारे ! 

१०

अम्बाको बोट

भुडी सुधारुँ भनेको 

भुमिसुधार ! 

११

कुदेको मन 

धुलाम्मे यो सडक 

हिड्दै म सोच्छु ! 

१२

हरे इन्द्रजी !

गुलाफी मुहारमा 

कस्तो उदासी ?! 

तपाईँको मत