गाउँ सहर

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

  • २४ माघ बुधबार, २०८० | १६:३७:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

समितिले गएको असोज २४ गते ९ बुँदे प्रतिवेदनसहित पारित गरेको थियो । असोज २५ गते प्रतिवेदसहित प्रतिनिधिसभामा पेस गरेको थियो । आजको बैठकले विधेयक पास गर्दै समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाएको छ । 

प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

 

तपाईँको मत