राजनीति

कांग्रेसकाे ७८औँ स्थापना दिवस : जनतालाई माथि उठाउने नेताहरूको उद्घोष

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी स्थापनाको ७८औँ दिवस मनाएको छ । २००३ साल माघ १२ गते स्थापना भएको स्मरणमा कांग्रेस केन्द्रीय कार्यालयमा ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा आयोजना गरेर दिवस मनाइएको हो ।

शुक्रवार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे नेपालीमा बुझाउन सक्नुपर्ने बताए ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएको चर्चा गरे ।

उनले भने, ‘योगराज उपाध्याय र नुतन थपलिया ती महान् व्यक्ति हुन् जसलाई आज हामीले सम्मान गर्न पायौँ । उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ, नेपालका लागि । उहाँहरूका बारेमा हामी किताबहरू निकालेर भए पनि, लेखेर भए पनि सबैलाई बाँड्नुपर्छ । उहाँहरूले दिएको योगदानलाई सबै नेपालीहरूलाई यो कुरा बुझाउनुपर्छ । उहाँहरूको योगदानको जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ । उहाँहरूलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’

२००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी थिए । नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाइ गरेका थिए । बिपी कोइरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्षसम्म निर्वासनमा गएका थिए । थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय थिए ।

कार्यक्रममा उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र अहिले राजनीति अवसर पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताए । उनले कांग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने प्रश्न गम्भीररूपमा उठिरहेको दाबी गरे ।

उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताए । साथै कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नुभएको बताए । कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउँदै उनले कांग्रेसको धर्म भुईँमा बसेका जनताहरूलाई माथि उठाउने भएको दाबी गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत