स्वास्थ्य

स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन, अब कति तिर्नुपर्छ ?

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ ।

बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो ।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले बिमामा आबद्ध बिमितलाई लक्षित गरी सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बिमाअन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपियाँ शुल्क तोकेको हो ।

बोर्डका शाखा अर्यालले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिए । सोही अनुसार शुल्क लागू गर्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरु अनुरोध गरेको छ । 

यस अघि बोर्डले ओपिडी शुल्क दुई सय इमर्जेन्सीको शुल्क चार सय रुपियाँ तोकेको थियो ।

गाउँ सहर संवाददाता

Chandramani Bhujel लेख्नुहुन्छ ६ माघ, २०८० १०:१८ pm

जति बढी सरकारी बनायो त्यति नै फाइदा प्राइभेट अस्पताललाई, किनभने त्यहिँका हाकिमहरुका प्राइभेट अस्पताल पनि हुन्छन्। उनीहरुको काम सरकारी अस्पतालहरुको बद्नाम बनाउने र आआआ सरकारी अस्पतालले पनि झन महंगो मात्र होइन झन् ठग्छ भन्ने वातावरण सिर्जना गरिदिने हो। त्यसैले पित्तथैलीको ढुंगाको अप्रेसन गर्नुपर्ने ठाउँमा चारवटा अगाडिको दाँत फुकालेर विरामीको हुर्मत लिएकोछ।

तपाईँको मत