कला

सरुभक्त र जर्ज जोनलाई सम्मान

पोखरा । पोखरामा रहेर शिक्षा र साहित्यमा गरेको योगदान स्वरुप शिक्षाविद् जर्ज जोन र साहित्यकार  सरुभक्तलाई सम्मान गरिएको छ ।

कास्कीका ४७ निजी विद्यालयका सञ्चालकहरुको साझा संस्था एन प्याब्सनले उनीहरुलाई सम्मान गरेको हो ।

एन प्याब्सन कास्कीको २५औँ स्थापना दिवस रजत जयन्तीको अवसरमा  शिक्षा सेवा सम्मान-२०८० बाट सम्मान गरेको हो । उनीहरुलाई नगद २५ हजार सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।

रजत जयन्तीकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत  पोखरा –१ बगरमा रहेको संस्कृत माविमा १ लाखको अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषको रकम एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संस्कृत मावि व्यवस्वस्थापन समितिका अध्यक्ष विष्णु अधिकारीलाई हस्तान्तरण गरे ।

संस्थाको उन्नयनमा महत्पूर्ण योगदान पुर्याएको भन्दै पूर्व अध्यक्षहरु महेश्वरप्रसाद वाटाजु, पूर्व अध्यक्षहरु वालगोपाल अमात्य, रामप्रसाद शर्मा र रामबहादुर मोची लाई पनि  दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । 

स्थापना वर्षका आधार स्कुल कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ ममोरियल स्कुल, सङ्गम बोर्डिङ स्कुल, लिटिल बेल्स स्कुललाई सम्मान गरिएको थियो ।

यसैगरी पूर्व परीक्षा संयोजक   हिमाल गुरुङ, रामचन्द्र भण्डारी, शिवदत्त तिवारी, प्रेमराज अधिकारी र विष्णुप्रसाद  पौडेललाई समेत सम्मान गरिएको थियो ।

यसै गरि पूर्व सहक्रियाकलाप प्रमुख दिपक थापा, राजु केसीलाई सम्मान गरिएको थियो । एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत एसईई परीक्षा २०७९ मा  उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी अल्फा एकेडेमीका आदेश भण्डारी, त्रिवेणी पब्लिक माविका कमल भुजेल र डायमन्ड मोडल स्कुलकी कृपा अधिकारीलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै सदस्य विद्यालय सागर मेमोरियल बोर्डिङलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालय कास्कीका कुलपति प्रा।डा। गणेशमान गुरुङले शिक्षा क्षेत्रमा लगानी गरेर निजी विद्यालयले विद्यार्थीलाई जिम्मेवार नागरिक वनाउने काम गरेको बताए । शिक्षाविद् जर्ज जोनले शिक्षको क्षेत्रमा निजी विद्यालयले गरेको योगदान अतुलनीय रहेको बताए ।साहित्यकार सरुभक्तले साहित्यको विकास गर्न विद्यालय र शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए ।

एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले नेपाल सरकारलले निजि क्षेत्रका विद्यालय सञ्चालकलाई सधै हतोत्साहित गर्ने काम गरेको गुनासो गरे ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, एन प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोची, कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ सचिव प्रेमराज अधिकारी लगायतले  बोलेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत