सेवा

सञ्चय कोषले सञ्चयकर्ता दम्पतीको पनि उपचार खर्च बेहोर्ने

काठमाडौँ। कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता दम्पतीको उपचार खर्च बेहोर्ने भएको छ।

कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरेर सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो।

अहिलेसम्म सामाजिक सुरक्षा कोषले मात्रै दम्पतीको उपचार खर्च बेहोर्दै आइरहेको थियो। यही वर्षको फागुन महिनादेखि भने सञ्चय कोषले समेत दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो।

सञ्चय कोषले सञ्चयकर्तालाई सामान्य रोग लागेमा १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ। यस्तै, घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत