गाउँ सहर

भारतीय विदेशमन्त्री जयशंकरकाे २७ घण्टे बसाइ, तस्बिरमा राष्टपतिदेखि पशुपतिनाथसम्मकाे भेेट

काठमाडौं । बिहीबार नेपाल आएका भारतका विदेशमन्त्री एस जयशंकर शुक्रबार आज स्वदेश फर्केका छन्। 

भारतीय वायुसेनाको विशेष विमान आइएफसी-३१ बाट बिहीबार बिहान साढे ९ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका जयशंकरले २७ घण्टाकाे बसाइमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि पशुपति दर्शन गर्नसम्म भ्याएर फर्किएका हुन्।

दुई दिनको कार्यक्रम सकेर उनी आज स्वदेश फर्केका हुन्। उनको नेपाल भ्रमणका क्रममा नेपाल- र भारतबीच  १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

यसैगरी नेपाल-भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो।  

बिहीबार परराष्ट्र मन्त्री एनपी साउद र समकक्षी जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।

बैठकमा १३२ केभीका तीनवटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको छ। जसमा रसुवा-परवानीपुर, कटैया-कुशाहा र नौतनवा-मैनावार रहेका छन्। त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा भएको छ।  बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको हो।

नेपाल बसाइका क्रममा विदेशमन्त्री जयशंकरले राजनीतिक भेटघाट गरेका थिए।  बिहीबार काठमाडौं पुग्ने वित्तिकै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका थिए।

त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

आज बिहान पशु्पतिनाथ मन्दिरको पूजाआजा गरेका थिए। त्यसलगत्तै भारतीय सहयोगमा निर्मित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन गरेर उनी स्वदेश फर्केका हुन्।

गाउँ सहर संवाददाता

तपाईँको मत