करीब ९ करोड बढीको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव
- गाउँ सहर संवाददाता
- १७ पौष मंगलबार, २०८० | १२:०६:०० मा प्रकाशित

पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मूल नाराका साथ पुष ५ गतेबाट पोखरा २७ तालचोक लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । उनले पोखरा आफैंमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्य लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु-याउने धारणा राखेका थिए ।
पुस ५ गतेदेखि सञ्चालन भएको १९ औं संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन भने सोही अनुसारको कारोबार समेत भएको छ । महोत्सव अवधिभर ९ करोड भन्दा वढीको कारोबार भएको र ३ लाख भन्दा बढि दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले महोत्सव १९ औं संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताएका थिए ।
महोत्सवमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघरको नमूना विशेष आर्कषणको केन्द्र बनेको थियो भने मातृशत्तिहरुको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालय स्तरिय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आर्कषणको रुपमा रहेका थिए ।
महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्वारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस