पत्र-पत्रिकाबाट

बसको टिकट काटे जस्तै अग्रिम रूपमा भाडा बुझाएर मात्र तुइन तर्न पाइने

  • ८ पौष आइतबार, २०८० | ०८:४०:०० मा प्रकाशित

हुम्ला । कर्णाली नदीमा तुइन तरेको एक सय रुपियाँ भाडा तिर्नुपर्ने भएको छ । सर्केगाड गाउँपालिका– २, ल्याप्चेमा व्यवसाय सञ्चालन गरेका स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरी पैदल यात्रुबाट एक सय रुपियाँ भाँडा असुल गर्दै आएका छन् । 

ल्याप्चेस्थित कर्णाली नदीमाथि व्यक्तिगत लगानीमा निर्माण गरिएका तुइनमा तरेका पैदल यात्रु सरोज रावतले एक सय रुपियाँ भाडा तिरेको बताए। पैदल यात्रुलाई डेढ घण्टा लामो बाटो हिँड्न नपर्ने भएपछि स्थानीयले निर्माण गरेको तुइनमा भाडा तिरेर चढ्दै आउनु परेको हो । एक पटक तुइनमा नदी पार गर्न दुई जनासम्म यात्रु राख्ने गरिन्छ । 

उनले बसको टिकट काटे जस्तै अग्रिम रूपमा भाडा बुझाएर मात्र तुइन तर्न पाउने व्यवस्था गरिएको बताए । कर्णाली पारिपट्टि पनि घोडेटो बाटो भएको तर त्यस बाटो हिँड्दा डेढ घण्टा बढी समय लाग्ने भएका कारण तुइन तर्दै आउने गरेका छन् । तुइन निर्माण गरेर भाडा असुल्दै आउनुभएका सञ्चालक वीरबहादुर थापाले व्यक्तिगत लगानी गरेर मानिस र सामान ढुवानी गरेको भाडा लिने गरिएको बताए ।

उनले मानिस तारेको प्रतिव्यक्ति एक सय रुपियाँ र सामान प्रतिकेजी दुई रुपियाँका दरले भाडा उठाउने गरिएको जानकारी दिए । तुइन सञ्चालन गर्न पाँच जना कामदारलाई दैनिक प्रतिकामदार एक हजार रुपियाँ ज्याला दिने गरी राखिएको छ ।गाेरखापत्र

तपाईँको मत