गाउँ सहर
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर सोमबार, २०८० | १०:४५:०० मा प्रकाशित

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य सात जनाको अवस्था गम्भीर भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस