उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियाे छठ पर्व
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर सोमबार, २०८० | ०७:१७:०० मा प्रकाशित
काठमाडौं । छठ पर्वका ब्रतालुहरु आज उदाउँदो सूर्यदेवलाई एकाविहानै अर्घ चढाएका छन्। योसंगै छठ पर्व विधिवत रुपमा सकिएको छ। पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्।
ब्रतालुहरु एकएक गरी पूजा सामग्री तथा प्रसाद सूर्यदेवलाई चढाए । ब्रतालुहरु अब अर्कोवर्ष पुनः पूजा गर्ने प्रण गर्दै छठी मैयाको नाममा दियो चलाउने गरिन्छ।
छठको पहिलो दिन नुहाय खायु, र दोस्रो दिन खरना गरेका ब्रतालुहरु हिजो अस्ताउदो सूर्यदेवलाई अर्घ चढाएका थिए। रातभर घाटमै पूजापाठ गरी आज उदाउदो सूर्यदेवलाई अर्घ दिए।
छठ हिन्दूहरुको एक महत्वपूर्ण पर्व हो। प्रायः सबै हिन्दूले छठ श्रद्धापूर्वक मनाउछन्। पछिल्लो समय केहि मुस्लिम समुदायले पनि छठ मनाउन थालेका छन्। त्यसैले यो साझा पर्व बन्दै गएको छ।
आइतबार साँझ ब्रतालु महिलाहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। मधेसका जिल्लाहरुमा मनाइने छठ पर्व बसाइँसराइसँगै काठमाडौंमा पनि पछिल्लो समय भव्यताका साथ मनाइन थालिएको छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फूलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका थिए।
छठ व्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने जनविश्वास छ। सन्तान प्राप्ति भएपछि कतिपय ब्रतालु आँचल ९अचरा०मा नाच गराउँछन्। कतिपयले सास्टाङ्ग प्रणाम गर्दै छठघाट पुग्छन्।
छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस