जीवनशैली

प्रकृति संगको सन्निकटमा रुमलिँदै स्रष्टा

काठमाडाैँ । प्रकृति संगको सन्निकटमा रुमलिँदै यथार्थपरक साहित्य सृजनालाई गोडमेल गर्दै साहित्यलाई नौलो आयाम दिने पवित्र ध्येयले मंसिर महिनाको स्रष्टा पदयात्राका लागि गङ्गा प्रसाद भेटवालको सम्योजकत्वमा १७ जनाको साहित्यिक टोली आज मंसिर १ गते शुक्रवार पर्वततर्फ प्रस्थान गरेको छ ।

उक्त टोलीले कुश्मा, मल्लाज शाताब्दीघर, सहस्रधारा आदि स्थानको अवलोकन भ्रमण गर्नुका साथै जीवन मल्लको संयोजनमा साहित्यिक कार्यक्रम सम्पन्न गरिने जानकारी यस पटकको पदयात्रा संयोजक गङ्गा प्रसाद भेटवालले जानकारी गराएका छन् । यस्ता खाले यात्राले लेखन परिष्कार गर्न सहज हुने स्रष्टा पदयात्राका संयोजक शीत्तल गिरीले बताए ।

७६ औं स्रष्टा पदयात्रा टोलीमा लेखक, साहित्यकार र पत्रकार सम्मिलित समूह काठमाडौंको बसपार्कबाट पर्वततर्फ प्रस्थान गरेको हो । उक्त समूहमा वसन्त रिजाल, शीतल गिरी, घनश्याम प्रसाई, गङ्गाप्रसाद भेटवाल, दीपक भेटवाल दीपसागर, परशुराम परासर, शारदा पराजुली, सुमन पुडासैनी, डा.बालचन्द्र मिश्र, विमल अर्याल, प्रतीक घिमिरे, खोलाघरे साहिँलो, माधव घिमिरे अटल, जयराम बिडारी, माधवलाल श्रेष्ठ, रुबि सत्यालको सहभागिता रहेको छ ।

कार्यक्रम बारे प्रकाश पार्दै साहित्यकार तथा लोकवार्ता अभियन्ता शीत्तल गिरीले यस्ता खाले यात्राले लेखन परिष्कार गर्न सहज हुने बिचार व्यक्त गरेका छन् । पदयात्राका क्रममा अन्नपूर्ण, माछापुछ्रे हिमालको सुरम्यताको दृष्यावलोकन गरी स्थानीय साहित्यकारहरूसँग साहित्यिक अनुभव र अनुभूति एकापसमा विनिमय गर्ने कार्यक्रम समेत रहेको जनाईएको छ ।

तपाईँको मत