गाउँ सहर

भूकम्प पीडितलाई १० हजार थान गोल्डस्टार जुत्ता चप्पल सहयोग

काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ। कम्पनीले पीडितहरूका लागि ३५ लाख बराबरको १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत् जनाएको छ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन्। ''जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं ।  हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र उहाँहरूको  हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं,' उनले भनिन्।

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनीअन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो। 

गाउँ सहर संवाददाता

तपाईँको मत