गाउँ सहर

प्राइम कमर्सियल बैंकद्वारा भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री सहयाेग

काठमाडाैं । प्राइम कमर्सियल बैंकले जाजरकोट जिल्लाका भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

कम्पनीले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय जाजरकोटले प्राप्त गर्ने गरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल २५ बोरा (५०० थान) नगर कार्यपालिकाको कार्यालय, छेडागाड नगरपालिका, कार्कीगाउँ, जाजरकोटमा शुक्रबार बुझाएको बताएको छ ।

कम्पनीले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको पनि बताएको छ ।

साथै उसले गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत