कला

लघुकथा: बलि

"दुर्गा भवानीलाई यसपालि बोकाको बलि दिउँ।" कान्छी बुहारीले भनिन्।

जेठी बुहारीले असहमति जनाइन्। "कसरी सम्भव छ? घरमा सासुआमा हामी दुई र एक एकवटा काखे बच्चा मात्रै छौँ। लिन जाने को काटकुट गर्ने को?"

यीनै कुराले श्रीमाया बज्यैको घरमा निकै वैमनस्यताको वातावरणले घर सुनसान जस्तै भयो। दुबै छोराहरू युरोप छिरेको केही समय मात्र भएको थियो। आउन सक्ने अवस्था थिएन। पैसा भने मनग्ये पठाएका थिए।

पैसा मात्रैले नहुने रहेछ। यस्तो स्थितिले खिन्न मन बनाएकी श्रीमाया आमाले दुर्गा पूजाको बिहान भनिन्।

"ल जेठी कान्छी यसपालि भवानीलाई यही नरिवलको बलि दिउँ।"

तपाईँको मत